एमबाप्पे चम्किदा फ्रान्स नकआउट चरणमा

बकैया दर्पण संवाददाता
११ मंसिर २०७९, आईतवार १०:२४

काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ ।

शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे ।

समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*