लेवान्डोस्कीको गोलमा पोल्याण्डको पहिलो जित

बकैया दर्पण संवाददाता
११ मंसिर २०७९, आईतवार १०:२३

एजेन्सी । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरे । ८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए । पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो ।

पहिलो जित हात पारेको पोल्याण्ड समूह ‘सी’ को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*