अस्ट्रेलियाको पहिलो जित

बकैया दर्पण संवाददाता
११ मंसिर २०७९, आईतवार १०:२२

एजेन्सी । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ ।

शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १-० गोलको कठिन जित निकालेको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १-० गोलको अग्रता दिलाए । उक्त गोल नै अस्ट्रेलियाका लागि जितमा पर्याप्त बन्यो । तुलनात्मक रुपमा बल पोजिसनमा पकड जमाएको ट्युनिसियाले गोलको लागि निकै प्रयास गरे पनि गोल भने गर्न भने सकेन ।

उक्त जितसँगै अस्ट्रेलियाले पहिलो जित निकालेको छ । पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ । यता पराजित ट्युनिसिया पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै एक अंक जोडेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*