अमेरिकासँग इंग्ल्यान्डको बराबरी

बकैया दर्पण संवाददाता
१० मंसिर २०७९, शनिबार १०:५७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बायत स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण दुबै टोली अंक बाड्न बाध्य बने । अमेरिकाविरुद्ध बल पोसेसनमा पकड जमाएपनि इंग्ल्यान्डले गोल निकाल्न सकेन । यता, इंग्ल्यान्डविरुद्ध अमेरिकालाई भाग्यले साथ दिएन । पहिलो हाफमै अमेरिकाका क्रिस्टियन पुलिसिचको प्रहार पोस्ट बारमा लाग्दै बाहिरिएको थियो ।

यस बराबरीसँगै इंग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जिवितै राखेका छन् । समूह ‘बी’ मा रहेको इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । अमेरिका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस अघि आफ्नो पहिलो खेलमा इंग्ल्यान्डले इरानलाई ६-२ गोल अन्तरले हराएको थियो । पहिलो खेलमा अमेरिकाले वेल्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*