कतार विश्वकपबाट बाहिरियो

बकैया दर्पण संवाददाता
१० मंसिर २०७९, शनिबार १०:५३

एजेन्सी । आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ ।

कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ । समूह चरणको खेल अन्तर्गत शुक्रबार राति नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेलेपछि कतार बाहिरिएको हो । समूह ‘ए’ मा रहेको कतारले शुक्रबार नै सेनेगलसँग ३-१ ले पराजित भएको थियो । कतारले २ खेलमा दुई हार व्यहोर्दै अंक जोड्न सकेको छैन । एक खेल खेल्न बाँकी रहदा कतार पुछारमा रहेको छ ।

यस समूहमा नेदरल्यान्ड्स ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । इक्वेडर ४ अंक जोडेर दोस्रो तथा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*