कतार विश्वकपमा शुक्रबार चार खेल हुँदै

बकैया दर्पण संवाददाता
९ मंसिर २०७९, शुक्रबार १०:४८

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् ।

दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेका वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । वेल्सले पहिलो खेलमा बराबरी खेलेको थियो भने इरान पराजित भएको थियो ।

यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका कतार र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा पराजित भएका दुबै टोली पहिलो जितको योजनामा रहेका छन् ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उपाधि दाबेदार नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । दुवै टिम लगातार दोस्रो जितको खोजीमा हुनेछन् ।

त्यस्तै बिहीबार हुने चौथो खेलमा समूह ‘बी’ मा रहेका इंग्ल्यान्ड र अमेरिकाबीच राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजीमा हुनेछ भने अमेरिका पहिलो जित निकाल्न चाहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*