स्विट्जरल्यान्डको विजयी सुरुआत

बकैया दर्पण संवाददाता
९ मंसिर २०७९, शुक्रबार १०:३९

एजेन्सी । स्विट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अल जानुब स्टेडियममा बिहीबार क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो । स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए । उनले गोल गरेपछि सेलिब्रेसन समेत गरेनन् ।

यस जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । समूह ‘जी’ मा रहेको स्विट्जरल्यान्ड शीर्ष स्थानमा रहेको छ । क्यामरुनले हारबाट विश्वकपको सुरुआत गरेको छ । क्यामरुन पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*