उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

बकैया दर्पण संवाददाता
९ मंसिर २०७९, शुक्रबार १०:३४

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

एजुकेसन सिटी स्टेडियममा बिहीबार राति भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । निकै रोमान्चक बनेको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा उरुग्वेको दुई उत्कृष्ट प्रहार भने पोस्ट बाधक बनेको थियो ।

४४ औं मिनेटमा उरुग्वेका डिएगो गोडिनको हेडर पोस्टमा लाग्दै फर्किएको थियो । यस्तै ९० औं मिनेटमा उरुग्वेका भाल्भर्डेको प्रहार पनि पोस्टममा लाग्दै बाहिरिएको थियो ।

यस बराबरीसँगै समूह ‘एच’ को उरुग्वेले पहिलो खेलमा १ अंक जोडेको छ । दक्षिण कोरियाले पनि १ अंकबाट विश्वकपको सुरुआत गरेको छ । उरुग्वे शीर्ष स्थानमा रहदा दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*