मोरक्को र क्रोएसियाले अंक बाँडे

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:३०

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, गोल गर्न सकेनन् । साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो ।

यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘एफ’ मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ । मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*