बेल्जियमको विजयी सुरुआत

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:२६

एजेन्सी । बेल्जियमले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ ।

अहमद बिन अलि स्टेडियममा बुधबार राति क्यानडालाई १-० गोल अन्तरले हराउँदै बेल्जियमले सुखद सुरुआत गरेको हो । बेल्जियमलाई जित दिलाउन मिसी बात्सुयीले निर्णायक गोल गरे । उनले खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा गोल गरेका हुन् । जुन गोल बेल्जियमको जितमा निर्णायक बन्यो । त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो । खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए । बेल्जियमका यान्निक कारास्कोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि क्यानडाले पेनाल्टी पाएको थियो । तर, पेनाल्टीमा डाभिस सफल भएनन् ।

जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ । बेल्जियम समूहको शीर्ष स्थानमा रहेको छ । हारबाट प्रतियोगिताको सुरुआत गरेको क्यानडा पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*