कोस्टारिकाको पोस्टमा स्पेनको ७ गोल

बकैया दर्पण संवाददाता
८ मंसिर २०७९, बिहीबार १०:२४

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले सानदार विजयी सुरुआत गरेको छ ।

बुधबार राति भएको खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो । विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो । अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो । एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ओल्मोको गोल विश्वकपमा स्पेनको १०० औं गोल हो । खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो । खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो । कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । जसमा टोरेसले सहजै गोल गरे ।

खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए । गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बने । खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए ।त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए ।

यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । समूह ‘ई’ को स्पेन शीर्ष स्थानमा रहेको छ । हारबाट विश्वकपको सुरुआत गरेको कोस्टारिका पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*