लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड बराबरीमा रोकियो

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:०७

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्डले मेक्सिकोसँग बराबरी खेल्दै अंक बाडेको छ । दोहास्थित स्टेडियम ९७४ मा मंगलबार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो ।

कप्तान रोबर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाड्नु परेको हो । खेलको ५८ औं मिनेटमा लेवान्डोस्की पेनाल्टीमा गोल गर्न असफल भए । उनको प्रहार मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे । मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि भीएआरको सहायताबाट रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । तर, पोल्याण्डले त्यसलाई सदुपयोग गर्न सकेन । त्यस बाहेक दुबै टोलीले पाएको अन्य अवसरलाई समेत सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा १ अंक जोडेको छ । समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ। मेक्सिको १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । साउदी अरेबिया ३ अंक जोडेर शीर्ष र अर्जेन्टिना अंक विहीन रहदै पुछारमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*