डेनमार्क र ट्युनिसियाको बराबरी

बकैया दर्पण संवाददाता
७ मंसिर २०७९, बुधबार १०:०६

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाडेका छन् । दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । जसको कारण पहिलो खेलमा दुबै टोलीले अंक बाड्नु परेको हो । यस बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ ।

दोस्रो स्थानमा रहेको डेनमार्कले पनि १ अंक जोडेको छ । डेनमार्क र ट्युनिसिया पहिलो पटक प्रतिस्पर्धा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*