बेलको गोलमा हारबाट जोगियो वेल्स

बकैया दर्पण संवाददाता
६ मंसिर २०७९, मंगलवार ११:११

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् ।

अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका छन् । प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गरेपछि वेल्स हारबाट जोगिएको हो । खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो पहिलो विश्वकप गोल हो ।

तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए । अमेरिकाका वाल्कर जिमरम्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो । जसमा बेलले सहजै गोल गरे ।

यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् । समूह ‘बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*