फिफा विश्वकप २०२२ : कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले जित्यो पहिलो खेल

बकैया दर्पण संवाददाता
५ मंसिर २०७९, सोमबार ०८:०४

एजेन्सी । फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो ।

इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया । 

चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि गोल गर्न सकेनन् । आयोजक राष्ट्र कतारले पहिलो खेलमै हार बेहारेको छ । योसँगै पहिलो खेलमा हार बेहोर्ने आयोजक राष्ट्र कतार बनेको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*