युएईद्वारा नेपाललाई १९२ रनको लक्ष्य

बकैया दर्पण संवाददाता
३० कार्तिक २०७९, बुधबार १३:५०

मकवानपुर । पाहुना टोली युएईले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाललाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ ओभर २ बलमा अलआउट हुँदै १ सय ९१ रन बनायो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै अलिशन शराफुले ३५ रन जोड्दा भ्रित्य अरबिन्दले २५ रन जोडे । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा बिष्णु शुकुमारनले १५ रन बनाए । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामी र ललित राजवंशीले ३/३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले १/१ विकेट लिए ।

आज नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ । युएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ । तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।

युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*