रोनाल्डोले गोल गर्दा युनाईटेडको सहज जित

बकैया दर्पण संवाददाता
११ कार्तिक २०७९, शुक्रबार ११:२१

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । राष्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दा युनाईटेड ३-० ले विजयी भयो । युनाईटेडको टोलीमा पुनरागमन गरेका रोनाल्डोको यो करियरको ७ सय १ औं गोल हो ।

यस जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा रहेको छ । सेरिफ ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*