बकैया गाऊँपालिका स्तरीय पुरुष भलिबलको उपाधी बकैया ४ लाई

बकैया दर्पण संवाददाता
६ कार्तिक २०७९, आईतवार १३:५६

मकवानपुर । बकैया गाऊँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिजयी हुदै बकैया ४ ले उपाधी हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा बकैया ७ लाई सोझो सेटमा १४–२५, १७–२५ र १५–२५ ले पराजित गर्दै बकैया ४ ले उपाधी उचाल्दा बकैया ७ ले उपबिजेतामा चित्त बुझाउन बाध्य भएको हो ।

बकैया युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको खेलका बिजेता तथा उपबिजेता टोलीलाई बकैया गाऊँपालिका अध्यक्ष धर्मराज लामीछानेले क्रमशः नगद ५० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बकैया गाऊँपालिका उपाध्यक्ष भक्तबहादुर खत्री, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, १२ वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, राजनैतिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

कात्तिक ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा बकैया गाउँपालिकामा रहेका १२ वडाहरुका खेल बिकास समितिहरु सहभागी रहेका थिए । प्रतियोगितामा बकैया ८ र बकैया १० सेमीफाइनलसम्म पुग्न सफल भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*