रियल मड्रिडको ६ अंकको अग्रता

बकैया दर्पण संवाददाता
६ कार्तिक २०७९, आईतवार १०:३६

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति रियल मड्रिडले घरेलु मैदानमा भएको खेलमा सेभिल्लालाई ३–१ ले हराएको हो ।

लुका मोड्रिचको गोलमा रियल मड्रिडले सुरुआती अग्रता बनाएको थियो । भिनिसियस जुनियरको पासमा गोल गर्दै मोड्रिचले खेलको पाँचौ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४ औं मिनेटमा ईरिक लामेलाले गोल गर्दै सेभिल्लालाई बराबरीको अवस्थामा पुर्याए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लुकास वाजक्विेज र फेड वाल्वरडेले लगातार दुई गोल गरेपछि रियल मड्रिडले सहज जित निकालेको हो । जितसँंगै रियल मड्रिडले लिग तालिकामा ६ अंकको अग्रता लिएको छ । दोस्रो स्थानको बार्सिलोनाले गत हप्ता बर्नवेउको रियल मड्रिडसँग हार ब्यहोरेको थियो । कार्लोस एन्सेलोटी नेतृत्वको रियलले ला लिगाको पछिल्लो ११ खेलमध्य १० खेलमा जित निकालेको छ ।

शीर्ष स्थानको रियलले ११ खेलबाट ३१ अंक जोडेको छ । दोस्रो स्थानको बार्सिलोनाको २५ अंक छ । सेभिल्ला १० अंक सहित तालिकाको १४ औं स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*