एल क्लासिको भिडन्त: रियलसँग बार्सिलोनाको हार

बकैया दर्पण संवाददाता
३१ आश्विन २०७९, सोमबार १०:४६

एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ मा रियल म्यड्रिडले क्याटलान क्लब बार्सिलोनालाई ३-१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा रियलको जीतमा कप्तान करिम बेन्जेमा, फेडे भाल्भेर्डे र रोड्रिगोले समान एक-एक गोल गरे । बार्सिलोनाको फेरान टोरेसले एक गोल गरे ।

आइतबार १२औं मिनेटमा कप्तान बेन्जेमाको गोलबाट रियलले अग्रता लियो । ३५औं मिनेटमा फेडे भाल्भेर्डेले दोस्रो गोल गरे ।

८३औं मिनेटमा बार्सिलोनाका वैकल्पिक खेलाडी टोरेसले गोल गर्दा अग्रता २-१ मा झरेको थियो । तर, इन्जुरी समयमा वैकल्पिक खेलाडी रोड्रिगोले पेनाल्टीमा गोल गरेपछि रियल सिजनको पहिलो एल क्लासिकमा सहज जीत निकाल्न सफल भयो ।

जीतसँगै रियल नौ खेलबाट २५ अंकसहित शीर्षस्थानमा छ । सिजनको पहिलो हार व्यहोरेको बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*