जिल्लास्तरीय महिला भलिबलमा बकैया फाइनलमा प्रवेश

बकैया दर्पण संवाददाता
१२ आश्विन २०७९, बुधबार १०:३९

मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा बुधबार बिहानको सेमीफाइनलमा जित हात पार्दै बकैया गाउँपालिका फाइनलमा प्रबेश गरेको छ ।

समूह ‘क’ को विजेता बन्दै सेमीफाइनल प्रबेश गरेको बकैया गाउँपालिकाले बिहान भएको खेलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रबेश गरेको बकैया गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा बिजय लामाले जानकारी दिनुभएको छ ।

आजै दिउसो हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘ख’ को विजेता बन्दै सेमीफाइनलमा पुगेको मकवानपुरगढी गाउँपालिकाले समूह ‘क’ को उपविजेता बन्दै सेमीफाइनलमा पुगेको थाहा नगरपालिकासँग खेल्ने छ । फाइनल खेल बुधबार दिउँसो हुने आयोजकले जनाएको छ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । हुप्रचौरमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*