जिल्लास्तरीय महिला भलिबलमा सेमीफाइनल समिकरण पुरा

बकैया दर्पण संवाददाता
१२ आश्विन २०७९, बुधबार ०७:५६

मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । समूह चरणको खेल मंगलबार सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।

समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका सेमीफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमसँगको भेट पक्का गरेको छ । यस्तै समूह ‘ख’ को विजेता बन्दै मकवानपुरगढी गाउँपालिकाले समूह ‘क’ को उपविजेता थाहा नगरपालिकासँगको भेट पक्का गरेको हो । सेमीफाइनल चरणको खेल बुधबार बिहान हुनेछ भने फाइनल खेल बुधबार दिउँसो हुनेछ ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । हुप्रचौरमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*