फ्रान्स नेशन्स लिग फुटबलमा पराजित

बकैया दर्पण संवाददाता
१० आश्विन २०७९, सोमबार १०:०६

एजेन्सी । युएफा नेशन्स लिग फुटबलमा डेनमार्कले फ्रान्सलाई २–० ले पराजित भएकाे छ ।

डेनमार्कको कोपनहेगनमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यास्पर डोलवर्ग र स्कोभ ओल्सेनले १-१ गोल गरेका हुन् । यो जितका बाबजुद डेनमार्क नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गर्न भने सकेका थिएनन् । उता पराजित टोली फ्रान्सले पनि रेलिगेशनको खतरा टार्न सफल भएकाे छ। यो समूहमा शीर्ष स्थानमा रहेको क्रोएशिया फाइनल चरणमा पुगेकाे छ । आइतबार रातिको खेलमा क्रोएशियाले अष्ट्रियालाई ३–१ ले पराजित गरेकाे हाे । नेशन्स लिगकै अर्को खेलमा नेदरल्याण्ड्सले बेल्जियमलाई १–० ले पराजित गर्दा पोल्याण्डले वेल्समाथि १–० कै जित निकालेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*