नेपाल फेरि चुक्यो, बंगालदेश नयाँ च्याम्पियन

बकैया दर्पण संवाददाता
४ आश्विन २०७९, मंगलवार ०८:०३

काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काईन् ।

खेलको १४ औं मिनेटमा शामसुनाहरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको पासमा शामसुनाहरले उत्कृष्ट भली गोल गरे ।

खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै बंगलादेशलाई २-० को अग्रता दिलाईन् । कप्तान सबिना खातुनको चलाखीपूर्ण पासमा अनमार्क रहेकी सरकारले उत्कृष्ट गोल गरिन् ।

७० औं मिनेटमा अनिताले गोल गर्दै नेपाललाई २-१ को स्थितिमा ल्याईन । अमिषा कार्कीको पासमा अनिताले उत्कृष्ट गोल गरिन् । तर, खेलको ७७ औं मिनेटमा श्रीमोती सरकारले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३-१ को जित दिलाईन् ।

यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*