उपाधिका लागि नेपाल र भारत भिड्दै

बकैया दर्पण संवाददाता
२९ भाद्र २०७९, बुधबार १०:४९

मकवानपुर । श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज बुधबार हुँदैछ ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने फाइनलमा नेपाल र भारत भिड्दै छन् । फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ । भारतविरुद्ध मैदान उत्रदा नेपाल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । नेपाल अपराजित रहदै उपाधि उचाल्न चाहन्छ । तर, नेपाली टोलीलाई उपाधि उचाल्न सहज हुने छैन । साविक विजेता भारत पनि नेपाललाई हराएर उपाधि रक्षा गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ पनि भारतविरुद्धको खेलमा नेपाललाई सहज नहुने बताउछन् । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*