यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना पराजित, लिभरपुल र इन्टर मिलानको जित

बकैया दर्पण संवाददाता
२९ भाद्र २०७९, बुधबार १०:४१

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोनालाई हराउँदै जर्मन क्लब बायर्न म्युनिखले लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो । बायर्नको जितमा लुकास हर्नान्डेज र लिरोए सानले गोल गरे । जितसँगै बायर्न समूह ‘सी’ मा दुई खेलबाट ६ अङ्क जोडेर शीर्षस्थानमा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले पहिलो जित निकालेको छ । उसले चेक क्लब भिक्टोरिया प्लेजेनलाई २–० ले हरायो ।

इन्टरको जितमा इडेन जेको र डेन्जेल डमफ्रेजले एक/एक गोल गरे । अर्को खेलमा लिभरपुलले आजक्सलाई २–१ गोलले हराएको छ । त्यस्तै टोटनह्याम स्पोर्टिङसँग २–० गोलले पराजित भएको छ । पोर्टोलाई क्लब बुर्जले ४–० गोलको फराकिलो अन्तरले हराएको छ । मार्सेल्लीलाई इन्ट्राच फ्रान्कफर्टले १–० गोल तथा लिभरकुसेनले एट्लेटिकाे मड्रिडलाई २–० गोलले हराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*