प्लेयर अफ दि इयर अवार्ड बेन्जिमालाई

बकैया दर्पण संवाददाता
१० भाद्र २०७९, शुक्रबार १०:२३

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले यूईएफए प्लेयर अफ दि इयरको अवार्ड जितेका छन् । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट खेलाडी बन्दै बेन्जिमाले अवार्ड जितेका हुन् । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार बेन्जिमालाई अवार्ड प्रदान गरेको थियो ।

बेन्जिमाले म्यानचेस्टर सिटीका केभिन डे ब्रुएना र रियलकै थिवाउट कोर्टुवालाई पछि पार्दै अवार्ड जितेका हुन् । महिलातर्फको प्लेयर अफ दि इयर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले हात पारिन् ।

पुरुषको कोच अफ दि इयरको अवार्ड रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले जिते । एन्सेलोटीले म्यानचेस्टर सिटीका पेप ग्वार्डीओला र लिभरपुलका योर्गेन क्लोपलाई पछि पारे । एन्सेलोटीले गत सिजन रियललाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए । महिलातर्फको कोच अफ दि इयरको अवार्ड सरिना विग्मानले जितिन् । इटालीका पूर्व खेलाडी तथा प्रशिक्षक एरिगो साच्चीले यूईएफए प्रेसिडेन्ट अवार्ड प्राप्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*