बकैया खेलकुद समितिमा लामा

बकैया दर्पण संवाददाता
६ भाद्र २०७९, सोमबार ११:३९

मकवानपुर । बकैया गाउँपालिका खेलकुद विकास समितिको अध्यक्षमा बिजय लामा नियुक्त हुनुभएको छ । बकैया गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले यहि भदौ ५ गते गाउँपालिका कार्यालयमा गरेको औपचारिक कार्यक्रमले लामाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा किरण घले, निशान्त विक, सुनिल दर्लामी, कुलराज सिंतान, अनिल माझी, प्रल्हाद गौतम, रोहित सिंतान, उमेश भुलुन र बुद्धराज स्याङ्तान रहनुभएको छ ।

समितिको गठन पछाडी बकैया दर्पण अनलाइनसँग छोटो प्रतिक्रिया दिदै अध्यक्ष लामाले आफ्नो काँधमा आएको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पुरा गर्ने बताउनु भएको छ । अघिल्लो कार्यकालमा प्रशिक्षक पदमा रहेर कार्य अनुभव प्राप्त गर्नुभएको लामाको यस कार्यकालमा खेलकुदको बिकासमा उल्लेख्य सुधार भै सफलता हात पर्ने धेरैले विश्वास लिएका छन् ।

समितिको सदस्य सचिबमा शिक्षा युवा तथा खेलकुद शाखाका प्रमूख आइतराम तामाङ रहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*