राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहिबारदेखि सुरु हुने

बकैया दर्पण संवाददाता
३० श्रावण २०७९, सोमबार १६:१७

मकवानपुर । नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आगामी बिहिबारदेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहिबारबाट बन्द प्रशिक्षण सुरु हुने जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बाेलाएका छन् ।

कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट र अनन्त तामाङ लगायतका अनुभवी सिनियर खेलाडीले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत वैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् ।

नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*