मेस्सी बालोन डी’ओर अवार्डको मनोनयनबाट बाहिर

बकैया दर्पण संवाददाता
२८ श्रावण २०७९, शनिबार ११:०१

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार लियोनल मेस्सी बालोन डी’ओर अवार्डको मनोनयनमा पर्न असफल भएका छन् ।

आयोजक फ्रान्स फुटबलले सार्वजनिक गरेको मनोनयनमा पर्ने ३० जनाको सूचीमा कीर्तिमानी सात पटकको विजेता मेस्सी अटाएका छैनन् । उनी २००६ पछि पहिलो पटक मनोनयनमा नपरेका हुन् । मेस्सीले पछिल्लो पटक २०२१ मा अवार्ड जितेका थिए । मेस्सीसँगै नेयमार पनि मनोनयनको सूचीमा अटाएका छैनन् ।

यस अवार्डको मुख्य दाबेदार मानिएको करिम बेन्जिमा मनोनयनमा परेका छन् । रियलका ६ खेलाडी मनोनयनमा छन् । त्यसतै क्रिस्टियानो रोनाल्डो समेत सूचीमा अटाएका छन् । अवार्ड घोषणा आगामी अक्टोबर १७ हुने आयोजकले जनाएको छ ।

मनोनयनमा पर्ने खेलाडीको सूची –

करिम बेन्जिमा (रियल मड्रिड), थिवाउट कोर्टुवा (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड ), क्यासमिरो (रियल मड्रिड ), लुका मोड्रिच (रियल मड्रिड), एन्टेनियो रुडिगर (चेल्सी/रियल मड्रिड ), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डार आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), एर्लिङ हालान्ड (म्यानचेस्टर सिटी÷डर्टमुन्ड), रोबर्ट लेवान्डोस्की (बार्सिलोना/बायर्न म्युनिख), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख/लिभरपुल), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुकु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड) र डुसान भ्लाहोभिक (युभेन्ट्स)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*