च्याम्पियन्स लिगमा बलियो को छ ??

बकैया दर्पण संवाददाता
२२ श्रावण २०७९, आईतवार १६:०३

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन चाँडै सुरु हुँदैछ । प्रतियोगितामा ३२ टिम छन् र तिनको समूह विभाजन पनि चाँडै हुनेछ । यसपल्ट पनि प्रतियोगितामा केही ठूला नाम हुने छैनन्, जस्तो म्यानचेस्टर युनाइटेड, आर्सनल र रोमा । तिनको अनुपस्थितिमा पनि प्रतियोगिता खल्लो हुने भने होइन् ।

यस्तोमा प्रश्न हो, यसपल्ट उपाधि जित्नका लागि बलियो को छ ? यसको उत्तर हो, तिनै केही खास क्लब । जस्तो, म्यानचेस्टर सिटी, लिभरपुल, रियल मड्रिड, बार्सिलोना, बायर्न म्युनिक र पेरिस सेन्ट जर्मेन (पीएसजी) । सजिलै अनुमान गर्न सकिन्छ, नकआउट चरणमा यिनकै स्वर चर्को सुनिने हो ।

गत सिजन जस्तै पीएसजी र सिटी यो प्रतियोगिता जित्न अन्य टिमको तुलनामा बढी आतुर रहने छन् । तर यसका लागि उनीहरूले रियलले तेर्साउने बलियो चुनौतीलाई पार नगरेर सुख हुने छैन् । सन् २०१० मा जोउ मोउरिन्होको इन्टर मिलानले उपाधि जितेयता अहिलेसम्म खालि पाँचै टिमले मात्र ट्रफि चुमेका छन् ।

ती हुन्, पाँच पल्ट जित्ने रियल, दुई दुई पल्ट जित्ने बार्सिलोना, चेल्सी र बायर्न । अनि एक पल्ट जित्ने लिभरपुल । अन्य टिमले सिजनको सुरुमा जत्तिकै हल्ला गरे पनि निर्णायक मोडमा चुक्ने गरेका छन् । यो प्रतियोगिता जित्न वास्तवमै गाह्रो छ, कति गाह्रो छ भनेर सिटी, पीएसजी, टोटनहम र एटलेटिको म्याड्रिड जस्ता टिमलाई सोधे पुग्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*