इंग्ल्यान्डलाई पहिलो पटक महिला युरोकपको उपाधि

बकैया दर्पण संवाददाता
१६ श्रावण २०७९, सोमबार १०:५८

एजेन्सी । आयोजक इंग्ल्यान्डले महिला युरोकप २०२२ को उपाधि जितेको छ ।
वेम्बलीमा आइतबार राति भएको फाइनलमा जर्मनीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । इंग्ल्यान्डलाई जित दिलाउन इला टोनी र च्लोए केलीले एक एक गोल गर्नुभयो ।
जर्मनीका लिना मागुलले एक गोल फर्काउनुभयो ।

रोमान्चक बनेको खेलको ६२ औं मिनेटमा टोनीले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाउनु भएको थियो । तर, ७९ औं मिनेटमा लिनाको गोलबाट जर्मनीले १-१ गोलको बराबरीमा ल्याएको हो ।

त्यसपछि निर्धारित ९० मिनेटमा समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयमा इंग्ल्यान्डका केली नायक बन्दा खेल इंग्ल्यान्डको पक्षमा गएको हो । केलीले खेलको ११० औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को जित दिलाउनुभएको हो ।

यससँगै इंग्ल्यान्डले पहिलो पटक महिला युरोकपको उपाधि जितेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*