राखेपको बोर्ड बैठक जारी

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार १४:०८

मकवानपुर । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को १ सय १३ औं बोर्ड बैठक जारी छ । नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा राखेपको बोर्ड बैठक सुरु भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले विभिन्न एजेण्डामा छलफल गर्न परिषद्को बोर्ड बैठक बोलाउनुभएको हो । बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारी मुख्य एजेण्डा राखिएको छ । नयाँ आर्थिक वर्ष सुरु हुदै गर्दा मन्त्रालयले वार्षिक कार्य योजना सहितको छलफल गर्न बोर्ड बैठक बोलाएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनमै परिषदको काम, कर्तव्य र अधिकारमै बोर्ड बैठकले वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने उल्लेख छ । यस्तै असोजमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा समेत बैठकमा छलफल हुनेछ ।

युवा तथा खेलकुद मन्त्रालयले गण्डकी प्रदेशमा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न विषयगत उपसमिति बनाएर तयारी अघि बढाएको छ । प्रतियोगिताको तयारी स्वरुप खेल सामाग्री खरिदका लागि टेण्डर प्रक्रिया अघि बढेको छ भने जिम्मेवारी पाएका विभिन्न उपसमितिका संयोजकले तयारीको कामलाई अघि बढाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*