लगातार तेस्रो जितको खोजीमा नेपाल

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार १०:५३

एजेन्सी । भारतमा जारी साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा आज आइतबार नेपालले साविक विजेता भारतसँग प्रतिस्पर्धा गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल कालिंगा स्टेडियममा नेपाली समयअनुसार साँझ सवा ७ बजेपछि सुरु हुनेछ ।

पहिलो र दोस्रो खेलमा सुखद् नतिजा निकालेको नेपालले तेस्रो खेलमा पनि सोही जितलाई निरन्तरता दिन चाहन्छ । भारतलाई हराएर लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनल प्रवेश गर्ने सोचका साथ मैदान उत्रिनेछ ।

यसअघि भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले हराएको थियो भने श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । नेपालको २ खेलबाट ६ अंक छ । नेपालले समूहको अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार खेल्नेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दबाब रहेको छ ।

पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*