सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्ड

बकैया दर्पण संवाददाता
१५ श्रावण २०७९, आईतवार १०:३७

एजेन्सी । म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सिटीलाई ३–१ ले हराउँदै लिभरपुलले उपाधि जितेको हो । लिभरपुलका लागि ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोम्हमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १–१ को बराबरीमा ल्याए । ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*