एकदिवसीय वरीयतामा नेपाल यथावत्

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १३:३१

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज बिहीवार सार्वजनिक गरेकाे एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेकाे छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९ औँ स्थानमा यथावत् रहेकाे हाे । अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो ।

नयाँ वरीयतामा न्युजिल्यान्ड पहिलाे स्थानमा छ भने इङ्ग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारत तेस्रो स्थानमा रहँदा पाकिस्तान चौथो र अस्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । यसैगरी दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेस्ट इन्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*