जर्मनी महिला युरो कप फुटबलको फाइनलमा

बकैया दर्पण संवाददाता
१२ श्रावण २०७९, बिहीबार १०:५७

एजेन्सी । जर्मनी महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डको एमके मैदानमा आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ गोलले हराउँदै जर्मनी फाइनलमा पुगेको हो ।

जर्मनीको जितमा एलेक्जान्ड्रा पोपले दुई गोल गरिन् । उनले खेलको ४० र ७६औं मिनेटका गोल गरेकी हुन् । फ्रान्सले एक गोल आत्मघाती उपहार पायो । खेलको ४४औं मिनेटमा जर्मनीका मर्ले फ्रम्सले आत्मघाती गोल गरेकी हुन् । अब उपाधिका लागि इङ्ल्यान्ड र जर्मनी खेल्ने भएका छन् । जर्मनीले यसअघि आठ पटक युरो कपको उपाधि जितिसकेको छ ।

इङ्ल्यान्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन । पहिलो सेमिफाइनलमा स्विडेनलाई ४–० गोलले हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो । फाइनल खेल जुलाई ३१ मा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*