प्रि सिजन एल क्लासिको टुरमा बार्सिलोनासँग रियल पराजित

बकैया दर्पण संवाददाता
८ श्रावण २०७९, आईतवार १३:०१

एजेन्सी । नयाँ सिजन अघिको मैत्रिपुर्ण खेलका रुपमा रहेको प्रि सिजन टुरमा बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गरेको छ । मैत्रिपुर्ण भएपनि एल क्लासिकोको प्रतिस्पर्धा सँधै बहुप्रतिक्षित मानिन्छ । आइतबार सम्पन्न खेलमा लालिगा च्याम्पियन रियललाई चिरप्रतिद्वन्दि बार्सिलोनाले १-० ले पराजित गर्यो । अमेरिकाको लास भेगासमा बार्सिलोनाका लागि राफिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक खेलमा रियल विरुद्व बार्सिलोनाले केहि समय अघिमात्र अनुबन्धन गरेका स्टार फर्वाड रोबर्ट लेवान्डोस्कीलाई सुरुवाती ११ मा राख्दै पहिलो हाफ खेलाएको थियो । बार्सिलोनाले २६ औ मिनेटमा अग्रता लिएको थियो । रियलको डिफेन्सको खराब पासलाई नियन्त्रण गर्दै राफिन्हाले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट गोल गरेका थिए ।

मैत्रीपूर्ण खेल भएपनि बार्सिलोनाले आफ्नो बलियो टोली उतार्दा रियलले भने मुख्य खेलाडी करीम बेन्जेमालाई विश्राम दिएको थियो । पहिलो हाफमा बलियो टिम उतारेको बार्सिलोनाले दोस्रो हाफमा सबै खेलाडी परिवर्तन गरेको थियो । रियलले भने गोलरक्षक कोर्टुवा बाहेक अन्य १० खेलाडी परिवर्तन गर्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*