अफ्रिकन वर्ष खेलाडी अवार्ड मानेलाई

बकैया दर्पण संवाददाता
६ श्रावण २०७९, शुक्रबार १०:५६

एजेन्सी । सेनेगलका फरवार्ड साडियो मानेले अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्राप्त गर्नु भएको छ । कन्फेडेरेसन अफ अफ्रिकी फुटबल ९काफ० ले बिहीबार राति मानेलाई अफ्रिकन फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको हो । मोरक्कोको राजधानीमा आयोजित विशेष कार्यक्रममा मानेलाई अवार्ड प्रदान गरिएको हो ।

यस अवार्डबाट सम्मानित हुन पाउदा ज्यादै नै खुशी लागेको छ,ु अवार्ड पाएपछि मानेले भन्नुभयो म सेनेगलका जनतालाई धन्यवाद दिन चाहन्छु । यो ट्रफी म युवा र देशलाई डेडिकेट गर्न चाहन्छु । ३० वर्षीय मानेले सेनेगलकै गोलकिपर एड्वार्ड मेन्डी र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै अवार्ड जित्नुभएको हो । जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड मानेले दोस्रो पटक यस अवार्ड जित्नुभएको हो । यस अघि उनले २०१९ मा यस अवार्ड जित्नुभएको थियो ।

मानेले यसै वर्ष सेनेगललाई अफ्रिकन कप अफ नेसन्सको उपाधि दिलाउनुभयो । सेनेगलले फाइनलमा इजिप्टलाई पेनाल्टीमा ४-२ ले पराजित गर्दा मानेले विजयी पेनाल्टी गोल गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*