युरोकप महिला फुटबलमा जर्मनी र स्पेन विजयी

बकैया दर्पण संवाददाता
१ श्रावण २०७९, आईतवार १०:३९

एजेन्सी । युरोकप महिला फुटबल च्याम्पियनसिपमा शनिबार राति जर्मनी र स्पेन विजयी भएका छन् ।

समूह ‘बि’ का अन्तिम खेलहरूमा जर्मनीले फिनल्याण्डलाई ३–० ले पराजित गर्दा स्पेनले डेनमार्कमाथि १–० को जित निकालेकाे हाे । योसँगै जर्मनीले समूहका सबै तीन खेल जितेर ९ अंकसहित समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे छ ।

दुई खेल जितेर ६ अंक बटुलेको स्पेन पनि क्वाटरफाइनलमा पुगेकाे छ । जर्मनीले अब क्वाटरफाइनलमा अष्ट्रियाको सामना गर्नेछ भने स्पेनको भिडन्त इंग्ल्याण्डसँग हुने भएकाे छ । युरोकप फुटबलमा आइतबार समूह ‘सी’ का अन्तिम लिग खेलहरू हुने भएका छन् ।

आइतबार राति स्विडेन र पोर्चुगल भिड्दा साविक विजेता नेदरल्याण्ड्सले स्विट्जरल्याण्डसँग खेल्ने भएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*