जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

बकैया दर्पण संवाददाता
२५ असार २०७९, शनिबार ०८:०५

एजेन्सी । बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौँ वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२, ६-४ को सेट पराजित गरे ।

अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् । यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*