फाइनलका लागि जोकोभिच नोरीसँग भिड्ने

बकैया दर्पण संवाददाता
२२ असार २०७९, बुधबार ०९:१२

विम्बल्डनको फाइनल प्रवेशका लागि नोभाक जोकोभिच र क्यारुन नोरीले प्रतिस्पर्धा गर्ने भएका छन् । मंगलबार राति भएको खेलमा नोरीले विश्व नम्बर ५८ का डेविड गोफिनमाथि ३-६,७-५,२-६,६-३,७-५ को जितसहित पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा स्थान बनाएका थिए । जोकोभिच यानिक सिनरमाथि पुनरागमनमा ५-७,२-६,६-३,६-२,६-२ को जित सहित ११ औँ पटक विम्बल्डनको सेमिफाइनल प्रवेश गरेका थिए । विम्बल्डनमा उनको यो लगातार २६ औँ जित हो । उनी २१औँ ग्रान्ड स्लामको खोजीमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*