नेपालको फिफा वरीयता आठ स्थान तल झ¥यो

बकैया दर्पण संवाददाता
९ असार २०७९, बिहीबार १६:२४

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल आठ स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको थियो ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताकोतेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ४ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५६ औं स्थानमा रहेको छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १ सय ९२ औं, भुटान १ सय ८६ औं, पाकिस्तान १सय ९६ औं र श्रीलंका २ सय ७ औं स्थानमा रहेका छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा ब्राजिल रहेको छ । यस्तै बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इंग्ल्यान्ड रहेका छन् । स्पेन छैटौं, इटाली सातौं, नेदरल्यान्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*