एन्फा निर्वाचन आज

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार ११:२०

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि आज सोमबार निर्वाचन हुदैछ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाले जनाएको छ ।
फुटबल संघको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा छन् । मुख्य रुपमा शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा छ ।
दुवै जना प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् ।
एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दिर्घबहादुर केसी (कुमार), रत्नकुमार श्रेष्ठ उम्मेदवार छन् ।
१३ सदस्यीय खुल्ला केन्द्रिय सदस्यमा अनिल श्रेष्ठ, भरतबुढथापा, मनिष जोशी, रमेश व्यन्जनकार, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठोर, रुपेश अधिकारी, बिनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण यादव, रामराज गुरुङ, मणिराज विष्ट, टिका लामा छन् । दुई जना महिला सदस्यमा शेर्पा प्यानलबाट पेमा डोल्मा लामा र बिना क्षेष्ठ छन् ।
नेम्वाङ प्यानलबाट वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षमा बिराटजंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी उम्मेदवार छन् । सदस्यमा महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिला लामा लिली, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रबिन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर कुमार राउत छन् । महिला सदस्यमा बिन्द्रा देवान र सरिला श्रेष्ठ छन् ।
प्यानलमा नरहेका सुरेन्द्र सिखाकार, मिलन गुरुङ, कुमार कटवाल, मानदेव हजारा समेत सदस्य पदका प्रत्यासी छन् । अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् । एन्फाको भोलि हुने साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार संघ, ए, बी र सी डिभिजन क्लब सहभागी छन् । जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका छन् । जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*