हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार ११:३६

मकवानपुर । हेटौंडामा असार ११ र १२ गते राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा हुने भएको हो ।

हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल संचालन हुने भएको आयोजकले जनाएको छ । प्रत्येक वर्ष स्थानीय तहले आफू अनुकुल समयमा यस प्रतियोगिता संचालन गर्ने गरेको छ । यस प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्लामा प्रतिस्पर्धा गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*