मकवानपुर गोल्डकप : आज उपाधीका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:१४

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करणअन्तर्गत् आज (सोमबार) फाइनल खेल हुँदैछ । मकवानपुरका स्थानीय तहहरुको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ पिप्ले रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताअन्तर्गत् आज घरेलु टोली विजय युथ क्लब हेटौंडा र नेपाल आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

उक्त प्रतियोगिता अपराह्न ३:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ । यसअघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपको फाइनलमा पनि आर्मी र विजय युथ क्लबबीच भिडन्त भएको थियो । फाइनलमा आर्मी विजेता बनेको थियो भने विजय युथ उपविजेता बनेको थियो ।

आगामी ३० गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा विजेता टोलिले शिल्ड, मेडल र प्रमाणपत्रसहित १५ लाख रुपैयाँ र उपविजेता टोलिले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, सर्वोकृष्ट खेलाडीलाई बुलेट बाइक, विद्यागत उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ र हरेक खेलमा म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्राप्त हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*