एएफसी एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ११:५०

मकवानपुर । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आजराति जोर्डनसँग खेल्दैछ । खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा राति एक बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीमा नियमित कप्तान किरण चेम्जोङसहित ११ खेलाडी टिम बाहिर रहेका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै उनीहरुले वैशाख १३ गते बन्द प्रशिक्षण छोडेका थिए । कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । दोहामा नेपाली टोलीले तीन वटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ओमानसँग पराजित भएको थियो भने टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ र श्रीलङ्कासँग १/१ गोलको बराबरी खेलेको थियो । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गते शनिवार कुवेत र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ । हरेक समूहको शीर्ष टोली र उत्कृष्ट हुने दोस्रो टोलीले एसियन कप–२०२३ मा छनोट हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*