नेशन्स लिग : स्पेन र पोर्चुगलले बराबरी खेले

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १०:२२

एजेन्सी । युईएफए नेशन्स लिग फुटबलमा स्पेन र पोर्चुगल बराबरीमा रोकिएका छन्।

गएराति स्पेनको बेनिटो भिल्ला मरिन स्टेडियममा भएको खेलमा दुवै टोलीले एकएक गोल गर्दै अंक बाँडेका हुन्। खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अगाडि रहेको स्पेनले दोस्रो हाफको ८२ औँ मिनेटमा बराबरी गोल खायो।

पोर्चुगलकालागि ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै खेललाई एक-एकको बराबरीमा ल्याए। बराबरीसँगै लिग ए समूह २ को स्पेन र पोर्चुगलले पनि पहिलो खेलमा समान एक अंक जोडेका छन्। स्पेन तेस्रो र पोर्चुगल दोस्रो स्थान रहेको छ।

यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्याण्डलाई २–१ ले पराजित गरेको छ। स्वीट्जरल्याण्डविरुद्ध जित निकालेको चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*