दुई च्याम्पियन इटाली र अर्जेन्टिना भिड्दै

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १२:४४

एजेन्सी । दुई महादेशको विजेता इटाली र अर्जेन्टिनाबीच आज बुधबार राति प्रतिस्पर्धा हुँदैछ ।

युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीचको खेल वेम्बली स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।

यस प्रतिस्पर्धालाई ‘फाइनलसिमा’ नामाकरण गरिएको छ । र, यो तेस्रो संस्करण हो ।

आज दुबै टोली जित निकाल्दै तेस्रो संस्करणको उपाधि जित्न चाहन्छ । खेलका लागि दुबै टोलीले तयार भएको बताईसकेका छन् ।

इटाली डिफेन्डर जर्जियो चिलिनीको कप्तानीमा मैदान उत्रने छ । उनको यो अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ । उनले यस खेलबाट सन्यास लिनेछन् ।

यस्तै अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रनेछ ।

यस प्रतिस्पर्धाका लागि युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) र दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) बीच तीन वर्षको सम्झौता भईसकेको छ ।

इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएको थियो ।

यस्तै ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १-० ले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*