रियाललाई १४ औं पटक युरोपीयन लिगकाे उपाधि

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०७९, आईतवार १०:४५

एजेन्सी । रियाल मड्रिडले कीर्तिमानी १४ औं पटक युरोपीयन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

शनिबार राती फ्रान्सको पेरिसमा भएको फाइनल खेलमा इंग्लीश फुटबल क्लब लिरभपुललाई १–० ले हराउँदै रियालले उपाधि जितेको हो । खेलको ५९ औं मिनेटमा भिनिसियर जुनियरले गरेको गोल रियाललाई उपाधि दिलाउन पर्याप्त रहुकाे छ । जितसँग रियाल मड्रिडले युरोपियन क्लब फुटबलमा आफ्नो दबदबा फेरी प्रमाणित गरेकाे हाे ।

यसपटक उपाधि दिलाएका रियालका प्रशिक्षक कार्लो एन्सेलोटी प्रशिक्षकका रुपमा ४ पटक उपाधि जित्ने एकमात्र प्रशिक्षक बन्न सफल भएका हुन् । यो हारसँगै लिभरपुलले सातौं उपाधिको लागि अझै केही समय पर्खनुपर्ने भएको छ । ४ वर्ष अघि पनि लिभरपुललाई निराश पार्दै रियाल मड्रिडले उपाधि जितेको थियो । च्याम्पियन्स लिगको इतिहासमा रियालले सर्वाधिक १४ पटक उपाधि जितेको छ।

साथै ७ पटक उपाधि जितेको इटालियन महारथी एसी मिलान दोस्रो स्थानमा रहेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*